तीनकुने हुलदंगाको १० दिनभित्रै सबै दावी भुक्तानी गरेर शिखर इन्स्योरेन्सद्वारा नयाँ रेकर्ड

२९ चैत्र २०८१, शुक्रबार ०९:०२

काठमाडौं । बीमा भन्ने वित्तिकै दावी भुक्तानी दिन आनाकानी गर्ने र नदिने प्रवृत्ति व्याप्त छ । तर, शिखर इन्स्योरेन्स कम्पनीले भने गत चैत्र १५ गते भएको तीनकुने घटनाको पहिलो दावी भुक्तानी १० दिनभित्रै सम्पन्न गरेर नयाँ रेकर्ड राख्न सफल भएको छ ।

बीमा प्राधिकरणका अनुसार गत चैत्र १५ गते भएको हुलदंगामा भएको भौतिक सम्पत्ति क्षतिको चार लाख ९८ हजार २१३ रुपैयाँ दावी भुक्तानी गरेको हो । सो दिन भएको तोडफोड र आगजनीका घटनाहरुमा शिखर इन्स्योरेन्स कम्पनीमा पाँच वटा बीमा दावी परेका थिए । कम्पनीले सबै बीमा दावी १० दिनभित्रैमा सम्पन्न गरेर नयाँ रेडर्क कायम गर्न सफल भएको छ ।

बीमा प्राधिकरणका अनुसार कूल पाँच करोड ४९ हजार ४२१ रुपैयाँको बीमा दावी परेकोमा शिखरले १० दिनभित्रैमा शतप्रतिशत दावी भुक्तानी गर्न सफल भएको छ ।

अन्य कुनै पनि कम्पनीहरुले हालसम्म सो घटनाका पीडितहरुलाई दावी भुक्तानी दिएको छैन । सो घटनामा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा एक करोड २७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरमा एक करोड १७ लाख रुपैयाँ, सलिकोमा ७५ लाख ४९ हजार रुपैयाँ, नेकोमा ५२ लाख रुपैयाँ, दि ओरियन्टलमा ४७ लाख ५० हजार रुपैयाँ, हिमालयन एभरेष्टमा २२ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा आठ लाख रुपैयाँ सानिमा जिआईसीमा छ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा पाँच लाख रुपैयाँको बीमा दावी परेका थिए । कूल ५० वटा बीमा दावी परेका छन् ।

अन्य कम्पनीहरुले बीमा दावी भुक्तानी प्रक्रिया भने सुरु गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*