यूनिटेक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

२९ चैत्र २०८१, शुक्रबार ०८:५६

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित वैशाख २० गते वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको सभा ललितपुरको कुपण्डोलस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ।

सभाले सर्वसाधारणलाई शेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, वित्तीय कार्ययोजना तय गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*