नेपाली सेनाले ठूलो संख्यामा खुलायो भर्ना (सूचना सहित)
२९ चैत्र २०८१, शुक्रबार ०८:४९

काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरूमा ठूलो संख्यामा भर्ना खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्दशनालय, जङ्गी अड्डाले आज एक सूचना जारी गर्दै ३ हजार ४०१ जनाबाट दरखास्त आह्वान गरेको हो।
सेनाले उपत्यका पृतना हेडक्वाटर समेत विभिन्न स्थानका गण, वाहिनी अड्डा, पृतना, गुल्म लगायत प्राविधिक/हवाई/विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूका लागि समेत आवेदन खुलाएको हो।
योग्य तथा इच्छुक व्यक्तिले आगामी वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।