हकप्रद निष्कासनका लागि सन नेपाल लाइफको बुक क्लोज मिति तय

२९ चैत्र २०८१, शुक्रबार ०७:०१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन प्रयोजनार्थ आगामी वैशाख ५ गते १ दिन बुक क्लोज गर्ने भएको छ।

बुक क्लोजको आधारमा वैशाख ४ गतेसम्म कम्पनीको साधारण शेयर खरीद गरेका शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ः०.२७ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिइसकेको छ।

यद्यपि हालसम्म यस कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*