दुर्गा प्रसाईंद्धारा भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
२८ चैत्र २०८१, बिहीबार २१:१५

काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।
‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति फेसबुकमार्फत भनेको छ ।
हिजो आफूहरुले भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको र आज उपस्थित भएको सचिवालयको भनाइ छ ।