पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०७ बजेसम्म ४ लाख ५८ हजार ५४१ जना आवेदकहरुले ५४ लाख ९८ हजार ३३० कित्ता बराबरको ५४ करोड ९८ लाख ३३ हजार रुपैयाँको आवेदन परेको हो । जुन मागभन्दा ४.६ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो ।
सर्वसाधारणले यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म आइपीओ नबिकेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।