घट्यो पुँजी बजारः साढे ५ अर्बको कारोबार, चैत मसान्तको प्रभाव कति ?

काठमाडौँ । अधिकांश लगानीकर्ताहरू बैंकको सस्तो ब्याजदर र अन्य कर तिर्ने चटारोमा भएका कारण सेयर बिक्री गर्न बाध्य छन् । जसले गर्दा शेयर बजारमा करेक्सन देखिएको छ । केन्द्रीय बैंकको गभर्नर नियुक्तिका विषयमा पनि केही लगानीकर्ताहरू ‘वेट एन्ड वाच’ को अवस्थामा रहेका छन्, कारण यसको प्रभाव सेयर बजारमा प्रत्यक्ष रूपमा गरी रहको छ ।
हालको बजारको अवस्था साइडवेजमा देखिन्छ, जहाँ नेप्से २५ सयदेखि २८ सयको बीचमा घुमिरहेको छ। लगानीकर्ताहरूको विश्लेषण अनुसार, बजार अब बुल रनको चरणमा प्रवेश गर्ने सम्भावना छ, जुन इतिहासबाट पुष्टि हुने कुरा हो। यसमा बैंक ब्याजदरको महत्त्वपूर्ण भूमिका छ, जसको कारण सस्तो ब्याजदर हुँदा बजारको माग बढ्न सक्छ। अहिले बैंकहरूले सेयर धितो कर्जामा प्राथमिकता दिएका छन्, जसले सेयर बजारलाई अगाडि बढाउन मद्दत पुर्याउँछ।
सबल वित्तीय सूचक भएका कम्पनीहरूको सेयरमा लगानी गर्दा भविष्यमा बढी लाभ लिन सक्ने संभावना रहन्छ, विशेष गरी यस्ता कम्पनीहरूका लागि जसले राम्रो लाभांश दिने क्षमता राख्छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६० अकंले घटेर २६६७.६८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड १३ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ ।