नाफामा नबिल र ग्लोबललाई पछ्याउँदै एनआइएमबिः ग्रोथमा एनएमबि र नेपाल बैंकअघि, कसले कति कमाए?

२८ चैत्र २०८१, बिहीबार १२:३३

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा ४२ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.८८ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको फागुन समान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले ४० अर्ब ३३ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिसम्म आइपुग्दा १० बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ भने ११ वटाको बढेको छ ।

राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ८ महिनामा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले यसअवधिमा आफ्नो नाफा १.३४ प्रतिशतले बढाएर ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा भने बैंकले ४ अर्ब ७२ करोड ४२ रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले आफ्नो नाफा ३७.७६ प्रतिशतले बढाएर ४ अर्ब ७२ करोड, तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४५.६८ प्रतिशतले बढाएर ४ अर्ब ८ करोड, चौथो नम्बरमा रहेको एभरेष्ट बैंकले ३१.१९ प्रतिशतले बढाएर ३ अर्ब ८ लाख, पाँचौ नम्बरमा रहेको नेपाल बैंकले १३२ प्रतिशतले बढाएर २ अर्ब ९८ करोड र एनएमबि बैंकले ४१ प्रतिशतले बढाएर २ अर्ब ७१ करोड पुराएका हुन् ।

त्यस्तै, फागुन समान्तसम्मको अवधिमा प्राइम बैंकको नाफा १३ प्रतिशतले घटेर २ अर्ब ५० करोड, स्टान्र्डड चार्टडको ४ प्रतिशतले बढेर २ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

साथै, प्रभु बैंकको नाफा ३९.५४ प्रतिशतले बढेर २ अर्ब ११ करोड, लक्ष्मी सनराइजको ९ प्रतिशतले बढेर १ अर्ब ९९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ४० प्रतिशतले घटेर १ अर्ब ७२ करोड, सानिमा बैंकको १.१ प्रतिशतले बढेर १ अर्ब ६८ करोड, हिमालयन बैंकको १४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।

साथै, ८ महिनाको अवधिमा नेपाल एसबिआई बैंकको १ अर्ब २४ करोड, सिद्धार्थ बैंकको १ अर्ब २१ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १६ करोड, सिटिजन बैंकको १ अर्ब १६ करोड, कुमारी बैंकको ९६ करोड, एनआईसि एशिया बेंकको ८१ करोड र कृषि विकास बैंकको ७३ करोड रुपैयाँ नाफा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*