पानी परेपछि काठमाडौंको वायु गुणस्तरमा सुधार

२८ चैत्र २०८१, बिहीबार ०७:५८

काठमाडौं । पानी परेपछि काठमाडौंको वायु गुणस्तरमा सुधार देखिएको छ।

हिजोसम्म काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो कि दोस्रो स्थानमा रहेको काठमाडौंमा हिजोदेखि वर्षा भएपछि अहिले दशौं नम्बरमा झरेको छ।

वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायु गुणस्तर १५२ रहेको छ। यद्यपि यो संवेदनशील समूहका लागि अस्वस्थकर नै हो।

आईक्यूएअरले प्रदूषणको मुख्य कारक पीएम २.५ लाई दर्शाएको छ। खासगरी यो प्रदूषण सवारी साधनबाट निष्कने विषाक्त धूँवा र सडकको धूलोको कणका कारण उत्पन्न हुने गर्छ।

अझै पनि वर्षा भइरहन सक्ने भएकाले वायु गुणस्तरमा थप सुधार आउने अनुमान गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*