क्रेष्ट माइक्रो लाइफको आईपीओको स्पेशल प्रि ओपन सेसनमा कतिमा होेला कारोबार ?

२८ चैत्र २०८१, बिहीबार ०६:४०

काठमाडौं । नेप्सेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७५ लाख कित्ता साधारण शेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको आईपीओ बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलीको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*