बैंक तथा वित्तीय संस्थाहरुबाट कुन क्षेत्रमा कति कर्जा प्रवाह भयो ?

२७ चैत्र २०८१, बुधबार १७:५३

काठमाण्डौ । चालु आवको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ४ अर्ब ८२ करोड अर्थात ६ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको हो ।

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशत, विकास बैंकहरुको ३.१ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.७ प्रतिशतले बढेको छ । फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत रहेको छ ।

२०८० फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.७ प्रतिशत र ६७.५ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८१र८२ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*