बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ७७ अर्बले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन समान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ७७ अर्ब २३ करोड (४.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोड (७.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.५ प्रतिशतले बढेको छ ।
२०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः
५.४ प्रतिशत, ३५.३ प्रतिशत र ५१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.५
प्रतिशत, २८.० प्रतिशत र ५८.७ प्रतिशत रहेको थियो ।
त्यस्तै, फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको
छ । २०८० फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.५ प्रतिशत रहेको थियो।