आन्तरिक कर्जामा सरकारको जोड, फागुनमा १.८ प्रतिशतले बढ्यो

२७ चैत्र २०८१, बुधबार १७:३९

काठमाडौं । सरकारको आन्तरिक कर्जा फागुन महिनासम्म १.८ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय रिपोर्ट अनुसार यस्तो कर्जा गत आवमा ४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा फागुन महिनासम्म यस्तो कर्जा ३.९ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.९ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा यस्तो दाबी १४.३ प्रतिशतले घटेको छ ।

यस अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.३ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*