एशियन लाइफका पर्शा शाखा प्रमुख आनन्द प्रसाद शर्माको निधन

२७ चैत्र २०८१, बुधबार १४:०४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पर्शा शाखा प्रमुख आनन्द प्रसाद शर्माको निधन भएको छ । करिव डेढ महिनाअघि विवाहमा सवारी दुर्घटना भएर काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचारत रहेका उनको मंगलबार साझ निधन भएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी होम बहादुर श्रेष्ठले जानकारी दिए ।

सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका उनी विगत डेढ महिनादेखि काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचारत थिए । मंगलबार बिहान अस्पतालबाट चितवनमा रहेको आफ्नो घरमा लगेपछि राति साढे १० बजे निधन भएको पारिवारीक स्रोतले बताएको छ । उनको पार्थिव शरीरको आज दिउँसो २ बजे देवघाटमा अत्यष्टी गरीने उनको परिवारले जानकारी दिएको छ ।

एशियन लाइफ इन्स्योरेन्स र समग्र बीमा क्षेत्रले एक होनाहार, इमान्दार र कर्तव्यनिष्ट व्यक्ति गुमाएको छ । एशियन लाइफ इन्स्योरेन्सले शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*