मेरोमाइक्रोफाइनान्सको झण्डै ११ लाख ९२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
२७ चैत्र २०८१, बुधबार ०९:४२

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ ल्ँख् ९१ हजार ९६० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ।
कम्पनीको कुल १ लाख ४१ लाख ९० हजार कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यसअघि कायम भएको संस्थापकतर्फको ५९.४० प्रतिशत शेयरमध्ये ८.४० प्रतिशत शेयर सर्वसाधारणमा परिणत गरेको हो।
शेयर स्वामित्व परिपर्तनपछि कायम भएको ७२ लाख ३६ हजार ९०० कित्ता र सर्वसाधारणतफए ६९ लाख ५३ हजार १०० कित्ता शेयर अनुपात रहने गरी नेप्सेमा अभिलेख गरिसकिएको कम्पनीले बताएको छ।