नेको इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
२७ चैत्र २०८१, बुधबार ०८:४४

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले काठमाडौंस्थित मुख्य कार्यालयका लागि चार्टर्ड एकाउन्टेण्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट १ जना माग गरेको छ।
कम्पनीले चार्टर्ड एकाउन्टेण्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि माग गरेको हो। यसका लागि चार्टर्ड एकाउन्टेण्ट वा एसीसीए गरेको हुनु पर्नेछ ।
त्यस्तै सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट वित्त विभागको सुपरभाइजर वा सोभन्दा माथिल्लो पदका लागि माग गरेको हो। अनुभव भएकाले प्राथमिकता पाउनेछन्।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ।