आइएमई लाइफद्वारा आजदेखि सजिलो इ–लोन सेवाको शुभारम्भ, घरबाटै कसरी कर्जा लिन सकिन्छ ?

२६ चैत्र २०८१, मंगलवार १९:१४

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सजिलो इ–लोन सेवाको शुभारम्भ गरेको छ । मंगलबार कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले इ–लोन सेवा उत्घाटन गरेका हुन् ।

यस सेवामा घरबाटै बीमितले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो सेवा अन्तर्गत बीमितले घरबाटै कम्पनीको मोबाइल एप र आधिकारीक वबेसाइट मार्फत पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको इ–लोनको लागि आवेदन दिन सकिने भएको छ ।

बीमितले कम्पनीको वेबसाइट मार्फत ऋण आबेदन चौबिसै घण्टा आफुरहेको स्थानबाटै दिन सक्नेछन भने कार्यालय समय भित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुने बित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन । यसरी ऋण लिनको निमित्त कुनैपनी अतिरिक्त सेवा शुल्क लाग्ने छैन । ऋण सुविधा पाउनको लागि बीमितको केवाईसी प्रमाणीकरण पूरा हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तिमा ३ वर्ष पुरा भइसकेको हुनुपर्ने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आइएमई लाइफ इ–लोन सेवाले कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जासेवा प्रदान गर्ने विश्वास लिएको वताउदै डिजिटाइजेसन, अटोमेसन र द्रुतसेवा दिने कम्पीको उद्देश्यमा निरन्तरता दिदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउदै लैजाने प्रयासको निरन्तरता रहेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*