विन नेपाल लघुवित्तको एफपीओमा दुई अर्ब ३३ करोडको आवेदन, कति जनाले पाउछन् शेयर ?

२६ चैत्र २०८१, मंगलवार १८:३९

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा अन्तिम दिनसम्म करिव साढे दुई अर्ब रुपैयाँको आवेदन परेको छ ।

मंगलबार साझ ५ बजेर ७ मिनेटसम्मको अवधिमा कम्पनीको एफपीओमा १९ लाख ७४ हजार ७०९ जनाले दुई करोड ३३ लाख ८४ हजार कित्ता शेयर बराबर दुई अर्ब ३३ करोड ८४ लाख रुपैयाँको आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गर्दा कुल ५ हजार १२९ आवेदकले मात्र कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।

कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग दिएको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*