सोमबार मन्त्रिपरिषद् बैठकले गर्‍यो यी १३ निर्णय

२६ चैत्र २०८१, मंगलवार १८:१८

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ । सरकारले बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति लगायतका निर्णय भएको छ ।

बैठकले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा)  र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यू. फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*