जर्मनीको प्रमुख कार निर्माता कम्पनी फक्सवागन गम्भीर समस्या, उत्पादन र बिक्रीमा गिरावट

२६ चैत्र २०८१, मंगलवार १३:१४

काठमाडौँ । जर्मनीको प्रमुख कार निर्माता कम्पनी फक्सवागन गम्भीर समस्यासँग जूझिरहेको छ । ६० हजार भन्दा बढी कर्मचारीहरूको फक्सवागनको उत्पादन र बिक्रीमा गिरावट आइरहेको हो ।

२०२३ मा फक्सवागनको उत्पादन ४९०,००० गाडीमा सिमित भएको छ, जबकि यसको उत्पादन क्षमता ८७०,००० गाडीको थियो। यसले जर्मन कार उद्योगका अन्य प्रमुख कम्पनीहरूलाई पनि असर पुर्‍याएको छ। २०१७ को तुलनामा जर्मनीमा गाडी उत्पादन घटेर ४.१ मिलियन मात्र पुगेको छ, जुन जर्मन अर्थतन्त्रका लागि ठूलो चिन्ता उत्पन्न गरिरहेको छ।

यसको साथै, फक्सवागनले विद्युतीय गाडी उत्पादनमा ठूलो लगानी गरेको छ, तर यी गाडीहरूको बजार वृद्धिको दर अपेक्षाभन्दा कम भएको छ। २०२३ को अन्त्यमा जर्मनीमा विद्युतीय गाडीको बिक्री २७ प्रतिशतले घटेको छ, जसले फक्सवागनको घरेलु बजारमा थप कठिनाइ सिर्जना गरेको छ।

महँगो श्रम लागत र उच्च ऊर्जा मूल्यको कारण जर्मन मोटर उद्योगलाई थप आर्थिक चुनौतीहरू देखिएका छन्। जर्मन कार उद्योगका लागि श्रम लागत अत्यधिक महँगो छ, र जर्मनीको उच्च ऊर्जा मूल्यले उत्पादन लागतलाई प्रभावित पारेको छ।

फक्सवागनको उत्पादनमा गिरावट र यसको उद्योगमा रहेका समस्याहरूले नेपालमा कार पार्ट्सको आपूर्ति र उपलब्धतामा पनि असर पुर्याउन सक्छ। जर्मन कार ब्राण्डका गाडीहरूको भर्पाई र मर्मतसम्भारका लागि आवश्यक पार्ट्स नेपालमा प्रायः आयात गर्नुपर्छ। यदि फक्सवागन वा अन्य जर्मन निर्माताहरूको उत्पादनमा कमी आउँछ भने, तिनका पार्ट्सको आपूर्ति पनि अवरुद्ध हुन सक्छ। यस्तो अवस्थामा, नेपालमा रहेका फक्सवागन र अन्य जर्मन गाडीका मालिकहरूले पार्ट्स पाउन कठिनाइ महसुस गर्न सक्छन्, जसले गाडीको मर्मतमा ढिलाइ र खर्च बढाउने सम्भावना पैदा गर्दछ। यो समस्या नेपाली बजारमा रहेका कार मालिकहरूको लागि ठूलो चुनौती हुन सक्छ, जसले गाडीको दीर्घकालीन कार्यक्षमता र मूल्यमा असर पार्न सक्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*