क्रेष्ट माइक्रो इन्स्योरेन्सको आईपीओ डिम्याट खातामा जम्मा
२६ चैत्र २०८१, मंगलवार १३:०७

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ परेको शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ बिहीबारनै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आईपीओ जम्मा गरिएको हो ।
कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो । हितग्राही खातामा जम्मा भएको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत भैसकेको छैन् । नेप्सेमा समेत सूचीकरणका लागि अन्तिम तयारी भैसकेको भनाई कम्पनीको छ ।
यस कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।