राप्रपाको जनप्रदर्शन अगाडि काठमाडौंमा सुरक्षा तैनाथी कडा, बल्खु क्षेत्रमा हजारौं प्रहरी परिचालित

२६ चैत्र २०८१, मंगलवार ११:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आमसभा तथा प्रदर्शनलाई मध्यनजर गर्दै राजधानीको बल्खु क्षेत्र वरपर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ।

प्रदर्शन सुरु हुनुअघि नै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू बल्खु र आसपासका क्षेत्रमा खटाइएको छ। सुरक्षा सतर्कता यति बढाइएको छ कि प्रमुख नाकाहरूमा समेत चेकजाँच कडा बनाइएको छ।

राप्रपाको विरोध कार्यक्रमका लागि मञ्च निर्माणको काम तीव्र गतिमा भइरहेको छ। पार्टीका कार्यकर्ताहरू व्यवस्थापनमा व्यस्त देखिए पनि शीर्ष नेताहरूको उपस्थिति भने देखिएको छैन।

आन्दोलनको तयारीक्रममा केही विदेशी सञ्चारमाध्यमहरू, विशेषगरी भारतीय मिडियाका प्रतिनिधिहरू रिपोर्टिङका लागि बल्खु पुगेका छन्।

यस आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन प्राप्त भएको छ भने, सामाजिक अभियन्ता दुर्गा प्रसाईंको अभियानसमेत साथमा रहेको जनाइएको छ। यिनै कारणले सुरक्षाकर्मीहरू थप सतर्क बनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*