कति रुपैयाँमा भयो नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार ?
२६ चैत्र २०८१, मंगलवार १०:५६

काठमाडौं । नेपाल माइक्रो इन्स्योेरेन्सको सूचीकृत आइपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ । मंगलबार अर्थात आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार ३०२ रुपैयाँ ३० पैसामा भएको छ । सोमबार कारोबार हुनुपर्ने उक्त कम्पनीको शेयर दोस्रो बजारमा म्याचिङ्ग नभएका कारण पहिलो कारोबार हुन सकेको थिएन।
कम्पनीको शेयर गत चैत २१ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।