सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
२६ चैत्र २०८१, मंगलवार १०:४०

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।