मितेरी डेभलपमेन्ट बैंकका सञ्चालकद्वारा राजिनामा

२६ चैत्र २०८१, मंगलवार १०:३८

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक सञ्चालक गम्भिरमान तण्डुकारले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए ।

बैंक सञ्चालक समितिको चैत २० गते बसेको २५६ औं बैठकको निर्णयले तण्डुकारको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा चैत २० गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*