पुरानो आठवटा आवको लाभांश लिन शेयरधनीलाई एचआईडीसीएलको आग्रह

२६ चैत्र २०८१, मंगलवार ०९:३१

काठमाडौं । हाइड्रोइलेक्टी«सिटी इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले पुरानो आठवटा आर्थिक वर्षको लाभांश लिन शेयरधनीहरूलाई आग्रह गरेको छ।

कम्पनीले आव ०७२/७३ र ०७३/७४ को ५ प्रतिशत नगद लाभांश, ०७४/७५ को १० प्रतिशत बोनस शेयर, ०७५/७६ को १२ प्रतिशत नगद लाभांश, ०७७/७८ को ८ प्रतिशत र ०७८/७९ को ५ प्रतिशत बोनस शेयर, ०७९/८० को ५.२६३ र ०८०/८१ को ५.२५ प्रतिशत नगद लाभांश लिन आग्रह गरेको छ।

हालसम्म पनि लाभांश नलिएका शेयरधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्। यसका लागि शेयर अभौतिकीकरण नगरेको भए सो गर्नु पर्ने कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*