टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष ओझाको निर्देशन

२५ चैत्र २०८१, सोमबार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सार्वजनिक रुपमा ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सुरु गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओझाले यस्तो निर्देशन दिएका हुन् ।

उनले टर्म इन्स्योरेन्स) सबैभन्दा प्रभावकारी बीमा भएको उल्लेख गर्दै यसमा कम्पनीहरुले प्राथमिकता दिँदै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । ‘सानो प्रिमियममा ठूलो जोखिम कभरेज गर्न सकिने हुँदा टम इन्स्योरेन्स निकै प्रभावकारी छ अध्यक्ष ओझाले भने, ‘बीमितको जीवनमा केही भइहाल्यो भने भोलिका दिनमा परिवारलाई आर्थिक राहत मिल्छ । त्यसैले बीमा कम्पनीहरुले यसलाई विषयगत रूपमा जोड दिन जरुरी छ ।’

कार्यक्रममा अध्यक्ष ओझाले सूर्यज्योति लाइफले सुरुवात गरेका नयाँ सेवाको प्रशंसा गर्दै बीमा कम्पनीहरुले डिजिटल प्रणालीमार्फत सेवाको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विश्वभर बीमा डिजिटल हुँदै गएको छ, भारतमै इन्स्योरेन्स कम्पनीहरुले अस्पताल क्षेत्रमा प्रत्यक्ष सेवा दिन थालेका छन्, हामीले पनि त्यसैगरी काम गर्नुपर्छ ।’

‘कार्डको प्रचारप्रसार गर्नुहोस्, यसको फाइदाबारे बीमितहरुलाई जानकारी दिनुहोस् । सर्भिस कायमै राख्नुहोस्, कार्डमार्फत ५ लाखसम्मको कर्जाको सीमा राखिएको छ, यो निकै राम्रो हुनेछ’ ओझाले भने ।

उनले बीमा कम्पनीलाई ब्रान्च स्तरमा दिइने लक्ष्यमा अब टम इन्स्योरेन्सलाई पनि समेट्ने बेला आएको बताउँदै यसप्रति पनि ध्यान दिन आग्रह गरे ।

अध्यक्ष ओझाले सूर्यज्योति लाइफले सुरु गरेका सेवा तथा योजनाको सहि कार्यान्वयन गर्न आग्रह गर्दै भने, ‘जिम्मेवारीपूर्वक तोकिएका सेवा कार्यान्वयन गर्नुहोस्, बीमितलाई विश्वासका साथ फाइदा पुर्‍याउनुहोस् ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*