सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘इ–कर्जा’ सेवाको शुभारम्भ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सार्वजनिक गरेको छ। कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल रुपान्तरणमा महत्वपूर्ण कदम चालेको हो।
यस सेवा अन्तर्गत अनलाइन बाटै कर्जा लिन सकिने र सुर्यज्योती डिजिटल कार्ड लिएका बीमीत तथा अभिकर्ताहरुले कम्पनीले सम्झौता गरेका विभिन्न अस्पताल तथा ब्यापारिक केन्द्रमा छुट पाइनेछ ।
सोमबार ललितपुरको होटल हिमालयनमा आयोजित विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका हुन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खत्रीले बीमा क्षेत्रलाई सर्वसुलभ, प्रभावकारी र डिजिटल बनाउने उद्देश्यले यस्ता नवप्रवर्तन अघि ल्याइएको बताए। उनका अनुसार सूर्यज्योतिले ‘सूर्यज्योति केयर्स’ कार्डमार्फत बीमित ग्राहकलाई डिजिटल माध्यमबाट सेवा पहुँच दिनेछ भने ‘इ–कर्जा’ सेवाले तत्कालिन आर्थिक आवश्यकतामा सहज ऋण सुविधा प्रदान गर्नेछ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई, प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री, नायब प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी र देशका सर्वोत्कृष्ठ व्यवसाय गरीरहेका अभिकर्ताहरुको सहभागिता छ ।