नेप्सेमा एकैदिन दुई लघुवित्तसहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

२५ चैत्र २०८१, सोमबार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार राधी विद्युत कम्पनी, कालिका लघुवित्त, जीवन विकास लघुवित्त र नागरिक लगानी कोषको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनश बापतको ८ लाख ३३ हजार ९४ कित्ता, कालिका लघुवित्तको ९.५० प्रतिशत बोनश बापतको ३ लाख ५३ हजार ७५ कित्ता, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनश वापतको १८ लाख ८६ हजार ५२६ कित्ता र नागरिक लगानी कोषको ७ प्रतिशत बोनश वापतको ४२ लाख ४० हजार ३७२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

यी कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै नेप्सेमा कारोबारको लागि योग्य भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*