अलपत्र रहेको बिधेयकहरु छिटै पारित हुने : मन्त्री गुप्ता

२५ चैत्र २०८१, सोमबार १६:२८

काठमाडौँ । शिक्षक तथा संघीय निजामती ऐन बिधेयक अब चाडै पारित हुनेमा बिस्वस्त हुन सबैमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आग्रह गरेका छन्। करिब एक दशक देखि अलपत्र रहेका यि बिधेयकहरुमा करिब १८ सय उपदफाहरुमा दफाबार छलफल भएको पनि मन्त्री गुप्ताले बताए ।

पर्साको वीरगञ्जमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुप्ताले आउँदो १२ गते पछि सुरु हुने संसदमा तिनवटा बिधेयकहरु पारित हुने प्रतिब्द्धता व्यक्त गरे ।

साथै नेपाल प्रहरीसंग सम्बन्धी बिधेयक पनि प्रस्तुत हुने उनको भनाई छ । सरकारले तिनवटै बिधेयक बहुमतले पारित गर्नेमा आफु पनि आशावादी रहेको मन्त्री गुप्ताले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले बिभिन्न प्रतिक्रियावादी शक्तिहरु सलबलाउन थालेकोले नेपाली जनताले त्यस्ता तत्वहरुलाई तह लगाउने चेतावनी पनि दिए ।

देशमा अहिले गलत कुराको प्रचार भईरहेको मन्त्री गुप्ताले बताए । जो राजाले आफनो परिवार बचाउँन सकेन्न उनले देश कसरी बचाउँने ? प्रश्न पनि गरे । उनले गणतन्त्रको बिकल्प नरेहेका पनि बताए ।

सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुप्ताले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी भएको उल्लेख गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*