आइपीओ निष्कासनको लागि ट्रेड पावरले पायो अनुमति
२५ चैत्र २०८१, सोमबार १६:२१

काठमाडौँ । ट्रेड पावरले आइपीओ निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।