कारागारबाट रविका ४ सन्देश: ‘ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ’

२५ चैत्र २०८१, सोमबार १६:११

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागार चलान भएपछि आफ्ना समर्थक तथा कार्यकर्तालाई चारवटा विशेष सन्देश पठाएका छन्। कारागारबाट पठाएको सन्देश रविको सचिवालयमार्फत सार्वजनिक गरिएको हो।

सन्देशमार्फत लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै आफू कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने बताएका छन्। साथसाथै, उनले पार्टीभित्र एकता कायम राख्दै ‘अभियान’ लाई जनस्तरमा फैलाउन आग्रह गरेका छन्। लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोध गरिएको भन्दै अब यो जाँच अरूले पनि दिनुपर्ने समय आउने चेतावनी दिएका छन्।

रास्वपाका सभापति लामिछानेका चार सन्देश यस प्रकार छन् :

– अदालतको आदेशको म सम्मान छ।हदालतको आदेश कार्यन्वयनको लागि प्रहरीले जुन हिसाबको हर्क देखायो त्यसप्रति दुःख छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु।

– राजनीति प्रतिसोध साधेपनि न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।

– अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।

– पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला। सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताको बीचमा पुर्याउनुस्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*