सोमबार २३ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, कसको कतिले बढ्यो ?
२५ चैत्र २०८१, सोमबार १५:०९

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजारा दोहोरो अंकले घटेको छ । सोमबार शेयर बजारमा जम्मा २३ कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् ।
आज बुटवल पावर कम्पनीको ६.७५ प्रतिशतले सबैभन्दा शेयरमूल्य बृद्धि भएको छ । कम्पनीले पछिल्लो समय आम सर्वसाधारणलाई कहिल्यै एफपीओ र हकप्रदको फण्डा प्रयोग गरेर शेयरमूल्य बृद्धि गराउँन विभिन्न चाल चलिरहेको लगानीकर्ताहरुले आरोप लगाएका छन् ।
त्यस्तै, सोमबार बाराही हाइड्रोपावरको ४.७९ प्रतिशत, कुमारी सबल योजनाको ४.६० प्रतिशत, सयपत्री हाइड्रोपावरको २.८७ प्रतिशतसहित अन्य कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।