गभर्नर बाहिरिएपछिको पहिरो कारोबार नै राताम्य: १३ वटै उपसूचकमा पहिरो, अबको यात्रा कता ?

२५ चैत्र २०८१, सोमबार १५:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल समाप्त भइ बिदाई भएका छन् । उनको बिदाईसँगै शेयर बजार राताम्य भएको देखिएको छ । अधिकारीको बिदाइसँगै लगानीकर्ताहरूमा उत्साहको लहर फैलिएको थियो । यस अवधिमा अधिकारीका बारेमा लगानीकर्ताहरूले नीतिगत अवरोधको गुनासो गरेका थिए, जसले शेयर बजारमा नकारात्मक प्रभाव पारेको थियो ।

हालको बजार सुधारको परिप्रेक्ष्यमा अधिकारीको बिदाइको सन्देशको सकारात्मक प्रभावको अपेक्षामा लगानीकर्ताहरूले मैनबत्ती बालेर आशा व्यक्त गरेका थिए । तर, अधिकारी बाहिरिएपछिको पहिलो कारोबारको दिन नै बजार घटेको हो ।

लगानीकर्ताहरू अहिले पनि पर्ख र हेरको अवस्थामा छन्। नयाँ गभर्नरको निर्णयमा बजारको भविष्य निर्भर रहनेछ। यसैबीच, राष्ट्र बैंकले सुधारका उपायहरूको तयारी गरिरहेको हुँदा, आगामी केही दिनहरूमा बजारमा थप उतारचढावको सम्भावना छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४५ अकंले घटेर २६७०.९४ बिन्दुमा कायम भएको छ । अज ३२२ कम्पनीको १ करोड १४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९० प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*