काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले पाए तीन महिनाको तलब

२५ चैत्र २०८१, सोमबार १४:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाका पाँच हजार भन्दा बढी कर्मचारी र जनप्रतिनिधिहरूलाई तीन महिनाको तलब भुक्तानी गरिएको छ। आज कर्मचारीको बैंक खातामा तलब पठाइएको जनाएको छ ।

अहिलेका लागि कुचीकारदेखि मेयरसम्मका सबै कर्मचारी र जनप्रतिनिधिहरूको खातामा तलब जम्मा गरिएको छ। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको अभावमा तलब वितरण प्रक्रिया रोकिएको थियो। तर, चैत २१ गते सरोज गुरागाईंको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्तिपछि तलब वितरण प्रक्रिया पुनः शुरु गरिएको हो।

यस अघि महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरू तलब नपाएर आर्थिक कठिनाइमा परेका थिए, जुन अब समाधान भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*