आज नेप्सेमा किन भएन नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार ?
२५ चैत्र २०८१, सोमबार ११:२३

काठमाडौं । नेपाल माइक्रो इन्स्योेरेन्सको दोस्रो बजारमा पहिलो कारोबार आज हुनुपर्ने थियो तर स्पेशल प्रि ओपन सेसनमा कम्पनीको कारोबार म्याचिङ्ग नभएका कारण पहिलो कारोबार हुन नसकेको पाइएको छ ।
कम्पनीको शेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार आज कारोबार हुनुपर्ने प्रावधान छ । अब कम्पनीको पहिलो कारोबार भोली अर्थात मंगलबारको स्पेशल प्रि ओपन सेसनमा हुनेछ।
कम्पनीले सर्वासाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।