२५ चैत्र २०८१, सोमबार ११:२३

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा नेपाल माइक्रो इन्स्योरेन्सको कारोबार म्याचिङ्ग नभएका कारण पहिलो कारोबार हुन पाएन ।

कम्पनीको शेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनपर्ने थियो। तर कारोबार म्याचिङ्ग नभएका कारण कम्पनीको पहिलो कारोबार हुन सकेन। अब कम्पनीको पहिलो कारोबार भोली अर्थात मंगलबारको स्पेशल प्रि ओपन सेसनमा हुनेछ।

कम्पनीले सर्वासाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*