आरआर क्याम्पसमा तालाबन्दी, निरञ्जन भट्टको समूहलाई कारबाही नगरेको आरोप

२५ चैत्र २०८१, सोमबार १०:४४

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा आज विद्यार्थीहरुले क्याम्पस प्रशासनको उदासीनता प्रति आक्रोश व्यक्त गर्दै तालाबन्दी गरेका छन्।

विद्यार्थीहरुका अनुसार २०८१ चैत २२ गते क्याम्पसको खेल मैदानमा क्रिकेट खेलिरहेको बेला विद्यार्थी केशव कुवँरमाथि निरञ्जन भट्टसहित ५-६ जनाको समूहले बिनाकारण विवाद झिक्दै कुटपिट गरेका थिए। साथै, कुवँरलाई ज्यान मार्ने धम्की समेत दिइएको आरोप लगाइएको छ।

घटनापछि पीडित विद्यार्थी केशव कुवँर आफैं क्याम्पस प्रशासनमा उपस्थित भई घटनाबारे लिखित निवेदन दिए पनि अहिलेसम्म कुनै ठोस निर्णय नभएको विद्यार्थीहरुको आरोप छ। ‘प्रशासनले घटनालाई गम्भीरतापूर्वक नलिएपछि हामी बाध्य भएर तालाबन्दी गर्नुपरेको हो’ आन्दोलनमा सहभागी एक विद्यार्थीले बताए।

विद्यार्थीहरुले स्पष्ट रुपमा भनेका छन् ‘हाम्रो माग पूरा नभएसम्म क्याम्पस खुल्न दिनेछैनौं। ताल्चा जबर्जस्ती खोल्ने वा तोडफोड गर्ने काम भयो भने त्यसको जिम्मेवार हामी हुने छैनौं।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*