घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
२५ चैत्र २०८१, सोमबार १०:३१

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।