वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२५ चैत्र २०८१, सोमबार ०७:४६

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो।

रिसालको जन्म १९८५ साल साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। रिसालले मृत्युअघि नै आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।

पत्रकारितामा लामो योगदान दिएका रिसालले रेडियो सगरमाथामा ‘उहिले बाजेका पालामा’ नामक रेडियो कार्यक्रम सञ्चालन गरेका थिए। उनले मानवअधिकार, वातावरण संरक्षण र साहित्यिक योगदानका लागि विभिन्न पुरस्कार पनि प्राप्त गरेका थिए।

२०४८ सालको आमनिर्वाचनमा उनी नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुरबाट उम्मेदवार समेत बनेका थिए।

रासस (राष्ट्रिय समाचार समिति) मा प्रमुख समाचारदाताको रूपमा काम गरेका रिसालले त्यसअघि तथ्याङ्क विभागमा रहेर पनि आफ्नो कर्तव्य निर्वाह गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*