विन नेपाल लघुवित्तको एफपीओमा ३३७.२९ गुणा बढीको आवेदन

२४ चैत्र २०८१, आईतवार १८:१०

काठमाडौँ । विन नेपाल लघुवित्तको एफपीओमा १ अर्ब ७३ करोड ५५ हजार रुपैयाँ संकलन भएको छ आज अर्थात् चैत २४ गते साँझ ५ः०६ बजेसम्ममा १४ लाख ५३ हजार ६३१ जना सर्वसाधारण आवेदकहरुले १ करोड ७३ लाख ५५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ३३७.२९ गुणा बढी हो ।

कम्पनीले चैत २१ गतेदेखि ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२।५० कित्ता सेयर निष्कासन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*