डँडेलो नियन्त्रणमा ठोस योजना बनाएर अगाडि बढिरहेका छौँः वनमन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन डँडेलो नियन्त्रणका लागि ठोस योजना बनाएर अगाडि सरकार अघि बढिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्सको उद्घाटन गर्दै मन्त्री ठकुरीले वन डँडेलोका साथै आगोबाट सिर्जित समस्या समाधानका लागि सरकार ठोस योजना बनाएर अघि बढिरहेको बताएका हुन् ।
फागुन चैत्र वैशाखमा अत्यधिक वन डँडेलो लाग्ने देखिएकाले आगामी दिनमा यसलाई न्यूनीकरण गर्ने योजनालाई प्रभावकारी बनाउने उनले बताए । उनले तीनै तहका सरकारबाट वन डँडेलो नियन्त्रणको प्रयास गरे पनि पूर्णरुपमा सफल हुन नसकेको र यसले गर्दा जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदूषण बढ्दै गएको धारणा राखे ।
मन्त्री ठकुरीले वन डँडेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयासलाई अवलम्बन गर्दै आधुनिक उपकरणहरू र प्रविधिको माध्यमबाट डँडेलो समस्या न्यूनीकरण र नियन्त्रण गर्नुपर्ने बताए ।