नयाँ वर्षमा हुन्डाईको ‘चुज योर फ्युचर’ योजना : ६ लाखसम्मको नगद छुट

२४ चैत्र २०८१, आईतवार १४:४५

काठमाडौं । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ नाम दिइएको योजना बिहीबारदेखि लागू भएको छ ।

यस योजना अन्तर्गत, हुन्डाईका विभिन्न मोडलका गाडी खरिद गर्ने ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको नगद छुट पाउने छन् । साथै, गाडी खरीद गर्दा एक वर्षको निःशुल्क बीमा, सवारी कर छुट, तत्काल मूल्यांकन सेवा र एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

हुन्डाईको ‘चुज योर फ्युचर’ थिमअनुसार, हालै सार्वजनिक क्रेटा ईभी र नेपालमै निर्माण गरिएको क्रेटा आईसीईमा पनि यो योजना लागू हुनेछ । योजनाले ग्राहकलाई बढी मूल्य लाभ दिने विश्वास कम्पनीले लिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकलाई लक्षित गर्दै हरेक वर्ष विभिन्न उत्सव तथा अवसरमा यस्ता अफर ल्याउँदै आएको छ । कम्पनीका अनुसार, हुन्डाईका पेट्रोल तथा डिजेल गाडीमा तीन वर्षको वारेन्टी तथा छ वर्षको निःशुल्क सर्भिसिङ सेवा दिइनेछ । त्यसैगरी, विद्युतीय गाडीहरूमा हाई भोल्टेज ब्याट्रीमा आठ वर्ष र अन्य कम्पोनेन्टमा दुई वर्षको वारेन्टी उपलब्ध हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*