स्ववियु सभापतिका लागि त्रिवेणी बहुमुखी क्याम्पसमा भोज लोहारको संयुक्त प्यानलको दावेदारी

काठमाडौं । सदूरपश्चिमका विद्यार्थीहरुको भविष्य निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको डडेल्धुरा जिल्लाको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका लागि भोज लोहारले दावेदारी पेश गरेका छन् ।
अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलको साझा उम्मेद्वारको रुपमा रहेका उनले चैत २७ गते हुने स्ववियु निर्वाचनको लागि मनोनयन दर्ता गराएका हुन् ।
उनी विद्यार्थीहरूको हकहितका साथै विभिन्न शैक्षिक कार्यक्रम तथा जीवनोपयोगी क्रियाकलापहरु गराउने प्रयास निरन्तर गर्दै आएका छन्। लिडरसिपमा चासो राख्ने उनी विद्यार्थीका समस्या क्याम्पस प्रशासन एवं व्यवस्थापनसँग सोझै राखेर समाधानको प्रयत्न गर्ने क्षमता राख्दछन् ।
क्याम्पसमा शैक्षिक र सामाजिक वातावरणमा निरन्तर सुधारको प्रयास गरेकै कारण उनी विद्यार्थीमाझ लोकप्रिय छन् । स्ववियु चुनावमा होमिएका उनले भने, ‘मैले क्याम्पसमा आइपर्ने सबैखाने समस्या र विद्यार्थीहरूको हकहितको विषयमा संवेदनशील भएर काम गरिरहेको छु। मेरो उद्देश्य क्याम्पसको शैक्षिक र सामाजिक वातावरणलाई चुस्त, दुरुस्त राख्न पहल गर्नु हो । र, विद्यार्थीहरूको हकहित र प्राप्त सुविधाहरुको सुनिश्चितताका लागि निरन्तर पहल कदमी उठाउनु हो।’
उनलाई त्रिवेणी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको छ। विद्यार्थीमाझ उनले प्रदर्शीत गरेको शालिनता, शिष्टता र श्रेष्ठताले स्ववियु नेतृत्वको दावेदारको रूपमा उभ्याएको हो ।
भोज लोहारको नेतृत्वको प्यानलमा सचिव पदमा तिर्थराज खाती, कोषाध्यक्षमा रमिता जोशी र सदस्यहरुमा क्रमशः मदन बोहरा, नरेश धामी, सुमित्रा कुमारी साउँद, तारा कुमारी धामी, सचिन बोहरा र लिला कुमारी भाट रहेकी छिन् ।