राजाको पक्षमा चैत्र २६ गते काठमाडौंमा विशाल प्रदर्शन हुने

२४ चैत्र २०८१, आईतवार १२:२५

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै चैत्र २६ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शन हुने भएको छ।

‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा भृकुटीमण्डपमा हुने उक्त कार्यक्रमप्रति राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ।

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै राजसंस्थाप्रति विश्वास राख्ने सबैलाई राष्ट्रिय झन्डासहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*