आज बिदामा पनि अधिकांश बैंक खुला रहने, कुन-कुन शाखाले सेवा दिन्छन् ? (सूचीसहित)

२३ चैत्र २०८१, शनिबार २०:५७

काठमाडौँ । रामनवमीको अवसरमा आज चैत २४ गते आइतबार सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्।

बैंकहरुले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्। केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।

बैंकहरुले नगद जम्मा तथा झिक्ने, चेक क्लियरिङ, अनलाइन ट्रान्जेक्सन लगायत सेवा सञ्चालनमा कुनै अवरोध नहुनेगरी तयारी गरेको जनाएका छन्। यद्यपि, सबै शाखा खुला नरहने भएकाले ग्राहकले बैंकको सूचना हेरेर नजिकको सेवा उपलब्ध शाखा पहिचान गर्नुपर्ने हुन्छ।

आज सरकारी कार्यालयहरू भने बन्द रहने छन्। गृह मन्त्रालयको निर्णय अनुसार रामनवमी हिन्दू धर्मावलम्बीको विशेष पर्व भएकाले देशभर सार्वजनिक बिदा दिइएको हो।

अपडेट गरिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*