भोलि शेयर बजार बन्द हुने
२३ चैत्र २०८१, शनिबार २०:३६

काठमाडौँ । रामनवमीको अवसरमा चैत २४ गते, आइतबार देशभर सार्वजनिक बिदा दिइएसँगै शेयर बजार पनि बन्द हुने भएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ।
सार्वजनिक बिदा परेको कारण नेपाल स्टक एक्सचेञ्ज अन्तर्गतको पूँजी बजार, धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सम्बन्धित निकायहरु पनि बन्द हुनेछन्। सो दिन नियमित सेयर कारोबार, क्लियरिङ र सेटलमेन्ट लगायतका सेवा प्रवाह ठप्प हुनेछन्।