विन नेपाल लघुवित्तको एफपीओमा १० लाख १४ हजारको आवेदन

२३ चैत्र २०८१, शनिबार ११:०१

विन नेपाल लघुवित्तको एफपीओ मा १ अर्ब २१ करोड ३१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । दोस्रो दिन अर्थात शुक्रबार ९चैत २२ गते० साँझ ५ः०६ बजेसम्ममा १० लाख १४ हजार २१९ जना सर्वसाधारण आवेदकहरुले १ करोड २१ लाख ३१ हजार ५२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा २३६।५१ गुणा बढी हो ।

कम्पनीले बिहीबार ९चैत २१ गते० देखि ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२।५० कित्ता सेयर निष्कासन गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ ।

क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ चैत ८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ फागुन २२ गतेसम्म बाहल रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*