साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं। नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६६३।३० विन्दुमा बन्द भएको नेप्से, यस साता १।५१ प्रतिशत अर्थात ४०।०९ अंक बढेर २७०३।३९ विन्दुमा पुगेको छ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ३।७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १।८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।७८ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ६६ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३१।११ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २५।०२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७।७८ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६६ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ।
यस साता १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ११।४३ प्रतिशत बढेको छ। गत साता ४३०४।५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४९१।८३ अंक बढेर ४७९६।३८ विन्दुमा पुगेको छ। यस साता लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ।
कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २।४० प्रतिशत घटेको छ। गत साता ७२०५।२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १७२।९९ अंक घटेर ७०३२।२९ विन्दुमा झरेको छ।
नेप्सेमा ६ कम्पनीको ५ करोड ७ लाख ४३ हजार १८४।११ कित्ता शेयर सूचीकृत भएको छ। यस साता मितेरी डेभलपमेन्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नेपाल एसबिआई बैंकको बोनस शेयर, बलेफी हाइड्रोपावर र ङादी ग्रुप पावरको हकप्रद शेयर तथा नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।