रवि लामिछाने पक्राउ, भोलिमात्रै भैरहवा लगिने
२२ चैत्र २०८१, शुक्रबार २१:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । सभापति रवि लामिछानेलाई भोलिमात्रै भैरहवा लगिने भएको छ ।
शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले भोलिमात्रै भैरहवा लाने तयारी गरेको हो । ‘भोलि विमानमार्फत भैरहवा लाने तयारी गरेका छौं’, एक प्रहरी अधिकारीले भने ।